राष्ट्रसंघका स्थायी राष्ट्रहरुद्वारा परमाणु हतियारमाथि प्रतिबन्ध लगाउन अस्वीकार

काठमाण्डौ, १५ चैत्र । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी राष्ट्रहरुले परमाणु हतियारमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेका छन् ।

परमाणु हतियारमाथि प्रतिबन्ध लगाउने सम्बन्धी परिषद्ले गरेको प्रस्ताव उनीहरुले अस्वीकार गरेका हुन् । यस बिषयमा छलफल गर्न परिषद्ले आह्वान गरेको बैठक समेत अमेरिका, बेलायत, फ्रान्स लगायत विभिन्न ४० राष्ट्रले बहिष्कार गरेका छन् ।

१ सय २० भन्दा बढी राष्ट्रले भने परमाणु हतियारमाथि कानूनी प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावको समर्थन गरेका छन् ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले परमाणु हतियारमाथि प्रतिबन्ध लगाउनु सुरक्षाको दृष्टिकोणले यथार्थवादी नभएको बताइन् ।