सभ्य समाजको लागि शिक्षाको विकास आवश्यक : राष्ट्रपती भण्डारी

सृजना घिमिरे
२२ माघ, लमजुङ । खुल्ला विकसित र सभ्य समाजको निर्माण गर्न शिक्षाको विकास आवश्यक रहेको राष्ट्रपती विद्यादेवि भण्डारीले बताएकी छन् ।

लमजुङको बेसीशहर न.पा. १३ मकैडाडाँमा रहेको गंगा मिलन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपती भण्डारीले यस्तो बताएकी हुन् ।

भण्डारीले शैक्षिक क्षेत्रको विकासले मात्रै देशको मुहार फेर्न सकिने कुरामा जोड दिदै देश विकासको लागि छिटो भन्दा छिटो शिक्षामा जोड दिनुपर्ने बताइन । फरक–फरक भौगोलिक सांस्कृतिक विविधता बोकेको हाम्रो जस्तो देशमा त्यहि अनुसारको शिक्षा हुनुपर्नेमा भण्डारीको जोड थियो । गंगा मिलन माविको स्वर्ण महोत्सवको उद्घाटान पश्चात राष्ट्रपती भण्डारीले ग्रामिण पर्यटन घलेगाउँमा रहेको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँद्धारा निर्माण गरिएको पर्यटन संग्राहलयको उद्घाटन समेत गरेकी छिन् ।
शनिबार बाट सुरु गरिएको गंगा मिलन माविको स्वर्ण महोत्सव ४ दिन सम्म चल्नेछ ।