राष्ट्रपति विद्या भण्डारी श्रीलंकाको पाँच दिने औपचारिक भ्रमणका लागि आज थाइल्याण्ड प्रस्थान

काठमाण्डौ २९ बैशाख । राष्ट्रपति बिद्या भण्डारी श्रीलंकाको पाँच दिने औपचारिक भ्रमणका लागि आज थाइल्याण्ड प्रस्थान गरेकी छन ।

राष्ट्रपति भण्डारी थाइल्यान्ड हुदै श्रीलंकाको भ्रमणमा निस्कने छिन । श्रीलंकासंग सिधा उडान नभएकाले राष्ट्रपति भण्डारी बिहान १०.१५ बजेको नेपाल एयरलाइन्सको उडानमा थाइल्यान्ड प्रस्थान गरेकी हुन ।

थाइल्यान्ड पुगेलगत्तै राष्ट्रपतिले स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्ने कार्यक्रम छ  । बैंककमा एक दिन बसेर राष्ट्रपति शनिवार श्रीलंका पुग्ने छिन ।

बुद्धजयन्तीका अवसरमा भण्डारी क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुनेछिन । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारी जेठ २ मा स्वदेश फर्किने छिन ।