August 19, 2017

राष्ट्रपति विद्यादेवी भण्डारीको भारतमा उच्चस्तरीय भेटवार्ता, राष्ट्रपति भवनमा भण्डारीलाइ गार्ड अफ अनर

काठमाण्डौ ५ बैशाख । भारत भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गरेकी छन ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमै समकमक्षी मुखर्जी र प्रधानमन्त्री मोदीसंग भेटवार्ता गरेकी हुन । भेटमा द्विपक्षिय हीत र चासोबारे छलफल भएको भारतीय बिदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनसर समेत प्रदान गरिएको थियो ।

त्यसअघि भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । भारतीय बिदेश मन्त्रालयले घनिष्ठ छिमेकिलाई विशेष सम्मान गरिएको जनाएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदीबीच अपरान्ह साढे ४ बजे पुनः छलफल हुने कार्यक्रम छ ।

यस्तै, साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन । सा“झ साढे सात बजे राष्ट्रपति मुखर्जीसंग पुनः छलफल हुने कार्यक्रम छ । दु्वै राष्ट्रपतिले आजै संयुक्त सम्बोधन गर्ने कार्यक्रम पनि छ । राष्ट्रपति भण्डारीले आजै राष्ट्रपति भवनमा बिदेशमन्त्री शुष्मा स्वराज र गृहमन्त्री राजनाथसिंहसंग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी छन ।

अपरान्ह चार बजे अर्थमन्त्री अरुण जेटलीसंग भेटवार्ताको कार्यक्रम छ । राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ । भोलि र पर्सी राष्ट्रपति भण्डारीको दिल्ली, उडिसा र गुजरातको भ्रमण कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आजै बिहान राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरिन । त्यस्तै, यमुना जैविक विविधता पार्कको समेत अवलोकन गरिन । राष्ट्रपति भण्डारीले आज उद्योगी व्यवसायीहरुलाई पनि सम्वोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुदै नेपाल फर्कने कार्यक्रम छ ।