August 17, 2017

राष्ट्रपति भण्डारी र जर्मनी संघीय संसदका उपाध्यक्षबीच भेटवार्ता

काठमाण्डौ, २८ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी र  जर्मनी संघीय संसदकी उपाध्यक्ष क्लाउडियो रोथबीच राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा दुई देशबीच रही आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भएकाे थियाे।

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।