June 27, 2017

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

काठमाण्डौ, ८ वैशाख । भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै छिन् । राष्ट्रपति भण्डारी आज साँझ साढे ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ ।

स्वदेश फर्किनुअघि राष्ट्रपति भण्डारीले उडिसा राज्यको जगन्नाथ मन्दिर पुगि पूजाआजा गर्ने कार्यक्रम छ । भारत बसाईका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका विशिष्ट व्यक्तिसँग भेटवार्ता गरेकी थिइन् । यही वैशाख ४ गते ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी भारत प्रस्थान गरेकी थिइन् ।

भारत भ्रमणमा जाँदा सरकारले सार्वजनिक बिदा दिए पनि त्यसको व्यापक विरोध भए पछि फर्किदाखेरी दिने भनिएको बिदा फिर्ता लिएको छ ।