October 24, 2017

राष्ट्रपति भण्डारीलाई भारतले ठूलो सम्मान दिएको परराष्ट्र मामिलाका जानकारहरुकाे जीकिर

काठमाण्डौ, ५ वैशाख । परराष्ट्र मामिलाका जानकारहरुले राष्ट्रपति विद्या देवी भण्डारीलाई भारतले ठूलो सम्मान दिएको बताएका छन् ।

मंगलबार रिपोटर्स क्लबले गरेको आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका सांसद एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीलाई दिएको गार्ड अफ अनरमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएर ठूलो सम्मान दिएको बताए ।

उनले राष्ट्रपति भण्डारीको भ्रमण सफल र राम्रो हुनेमा आफू विश्वस्त रहेको समेत बताए । पूर्व राजदुत डा. शंकर शर्माले राष्ट्रपति भण्डारीको भारत भ्रमण महत्वपूर्ण भएकोले यसले दूरगामी प्रभाव पार्ने समेत विश्वास व्यक्त गरे ।

त्यस्तै वरिष्ठ कुटनीतिज्ञ एवम् पूर्वराजदूत राजेश्वर आचार्यले प्रोटोकलको विषयमा नेपालले प्रतिक्रियाभन्दा पनि परिपक्वता देखाउनतिर ध्यान दिनुपर्ने बताए ।