राष्ट्रपति आज भारत जाँदै : जाने र आउने दिन सार्वजनिक बिदा

काठमाण्डौ,४ वैशाख । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले भारत भ्रमणमा जाने र स्वदेश फर्किने दुबै दिन बिदा दिने र्निणय गरेको हो । राष्ट्रपति विद्या भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको आज औपचारिक भ्रमण जाँदै छिन ।

टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सितादेवी यादवलगायत छन् । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उनको भारत भ्रमण तालिका स्वीकृत गरेको थियो । यो खबर आजको सौर्य दैनिकमा छ ।