October 22, 2017

राष्ट्रपतिद्वारा भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथी पद प्रदान

काठमाण्डौ, १६ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छिन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा रक्षामन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतीय राजदूत लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, भूतपूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीहरु, उपरथीहरु, भारतीय सेनाका पदाधिकारीहरु लगायत उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।