October 23, 2017

राष्ट्रपतिद्वारा त्रियुगा नदी कटानक्षेत्र अवलोकन, सात अर्ब रुपैयाको योजना आउने

यमन दनुवार / उदयपुर,२३ चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रियुगा नदी कटान क्षेत्रको नियन्त्रणमा विशेष योजना सञ्चालन गर्नु पर्ने बताएकी छन ।
त्रियुगा नदि सप्तकोशीमा मिसिएको सुनसरीको चतरादेखि उदयपुरको चौदण्डीगडी नगरपालिका हुदै त्रियुगा नगरपालिकासम्मको नदी कटान क्षेत्र अवलोकन पछि बुधबार चौदण्डीगडी नगरपालिका वडा नं. ५ सिवाईमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन ।
चतरादेखि चौदण्डीगडी ४२ किलोमिटर माथि त्रियुगा नगरपालिकाको होक्से कालिखोलासम्मको भागमा अत्याधिक कटान भई धनजनको क्षती हुदै आएको छ । कार्यक्रममा जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन नं. ४ का प्रमूख रामनरेश मण्डलले सात अर्ब लागतको नदी कटान नियन्त्रण गुरु योजना तयारी अवस्थामा रहेको जानकारी दिए । नदि कटान नियन्त्रण भएमा ४ सय हेक्टर जग्गा उकास हुने, १० हजार बढी घरधुरी र लाखौं जनता प्रत्यक्ष लाभान्वित हुने मण्डलले जानकारी दिए । नदीको दुबै किनारमा पाँचमिटरको सडकसहितको ड्याम निर्माण गरि विकासमा तिब्रता दिईने पनि उनले बताए ।