May 23, 2017

‘राब्ता’ को ट्रेलर सार्वजनिक, सुशांत र कृति दुई लुक्समा देखिँदैं

काठमाण्डौ, ४ वैशाख । दिनेश विजानले निर्देशन गरेको पहिलो फिल्म ‘राब्ता’ को ट्रेलर सार्वजनिक भएको छ ।

यस फिल्ममा अभिनेताका रुपमा धोनी फिल्ममा अभिनय गरेर चर्चामा आएका सुशांत सिंह राजपूत र अभिनेत्रीको रुपमा कृति सोननलाई देख्न सकिन्छ । यी दुई कलाकारलाई यो फिल्ममा छुट्टै लुक्समा देख्न सकिन्छ ।

यो फिल्ममा इरफान खानको आवाज सुन्न पाइन्छ भने ‘नीरजा’ फिल्मका खलनायक जिम सरभलाई पनि देख्न सकिन्छ । राब्ता जुन ९ मा रिलिज हुने तय भएको छ ।