October 21, 2017

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाण्डौ, १२ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ ।

महाधिवेशन सकिएको एक दिनपछि नै नवनिर्वाचित कार्यसमितिको बैठक बस्न लागेको हो । अध्यक्ष कमल थापाले हिजै १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि १ सय १३ सदस्यीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।

मनोनित हुनेमा दिपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, दिलनाथ गिरी, रामबहादुर सुब्बा, नरेन्द्र चौधरी, रामप्रसाद राय, भिमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेत छन् ।

पार्टी बिधानअनुसार, १ सय ६३ सदस्यीय कार्यसमितिमा पदाधिकारी सहित ६५ जना मनोनयन गर्ने प्रावधान छ ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह तीन बजेपछि बस्ने बैठक परिचयात्मक हुने छ । बैठकले स्थानीय तह निर्वाचनबारे समेत पार्टीगत धारणा तय गर्नेछ ।