June 23, 2017

राप्रपा कार्यक्रता र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते

काठमाण्डौ, ७ चैत्र । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

आयोगले विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाइदिएपछि आन्दोलित बनेको राप्रपाका कार्यकर्ता र्यालीसहित निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका छन् ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार निर्वाचन आयोग अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका कार्यक्रता माथि प्रहरीले लाठिचार्ज गर्दा सयन्द्र बान्तावा, रोशन कार्की र राजाराम बर्तौला लगायत दर्जनौं घाइते भएका छन् । झडपामा प्रहरी तर्फ पनि घाईते भएका छन् ।