राप्रपा आफ्नो एजेण्डाबाट पछि हट्दैनः राणा

काठमाण्डौ, १३ चैत्र । राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर राणाले पार्टीको एजेण्डा कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।

जनताको माझमा राप्रपा अभियानमा सहभागीहरुलाई आईतबार काठमाण्डौमा प्रमाणपत्र वितरण गर्दै उनले राजसंस्था र हिन्दु धर्मस्थापित गर्ने विषयमा पार्टीको एजेण्डा परिवर्तन नभएको बताएका हुन् ।

राणाले निर्वाचन आयोगले पार्टीको नीति हटाउदैमा विचार परिवर्तन नहुने समेत बताए । स्थानीय निकायको निर्वाचन निकै महत्वपूर्ण रहेको भन्दै राणाले निर्वाचनमा राप्रपा एकीकृत भएर अघि बढ्ने र विजयी हुने दाबी समेत गरे ।

उनले स्थानीय निकायको निर्वाचनमा पार्टीको एजेण्डा स्थापित गर्दै अघि बढ्न कार्यकतालाई निर्देशन पनि दिए ।