राप्रपा अध्यक्षमा कमल थापा विरुद्ध प्रदीप विक्रम राणाको उम्मेदवारी दर्ता

 

काठमाण्डौ ८ फाल्गुन । काठमाण्डौ जारी राप्रपा महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापाविरुद्ध प्रदीप विक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आइतबार महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराए लगतै पत्रकार सम्मेलमा अध्यक्ष राणाले कमल थापाले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेको भन्दै त्यसका बिरुद्ध आफुले उम्मेदवारी दिएको बताए ।
राणाले कसैको दवाब र उत्साहटमा नभइ उम्मेदवारी दिएर आफ्नो अधिकारलाई प्रयोग गर्न खोजेको बताए । उनले आफुलाई बन्दसत्रमा पनि बोल्न नदिएर गुनासो गरे । राणा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रिय अध्यक्ष समेत रहेका छन् ।