पूर्वाधार शिखर सम्मेलन काठमाण्डौंमा जारी

काठमाण्डौं, ८ पाल्गुन । दोस्रो पूर्वाधार शिखर सम्मेलन आइतवारदेखि काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनमा भारतका रेलमन्त्री सुरेश प्रभाकरकाे पनि सहभागिता रहेकाे छ 

नेपालको पूर्वाधार विकासमा नयाँ सोच र प्रविधिको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र भूमिकाबारे छलफल हुने छ । छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री उमाकान्त झाँ लगायतकाे सहभागिता छ ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, नेपाल उद्योग परिसंघ र युवा निर्माण व्यवसायी संघले आयोजना गरेको सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, द्धिपक्षीय एवं बहुपक्षीय विकास साझेदारहरूको सहभागिता रहकाे छ ।

सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेका करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनीसमेत हुने आयोजकले जनाएको छ । सम्मेलन भोलीसम्म चल्नेछ ।