November 17, 2017

राप्रपाको एकता महाधिवेशन काठमाण्डौका सुरु

काठमाण्डौ ६ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन शुक्रबार देखि काठमाडौंमा सुरु हुदैछ ।
महाधिवेशन दिउसो प्रदर्शनीमार्गस्थित सडकमा उद्घाटन हुने भएको छ । बन्दसत्र भने भृकुीटमण्डपभित्र हुने राप्रपाले जनाएको छ । दुई पार्टी राप्रपा र राप्रपा नेपालबीच एकता पछि हुन लागेको पहिलो महाधिवेशनमा देशभरबाट ३ हजार ४ सय ७० जना प्रतिनिधिको सहभागिता रहने छ ।
उद्घाटन समारोहमा १ लाख मानिसहरुको उपस्थित रहने राप्रपाले बताएको छ । गणतन्त्रको धार बोकेको राप्रपा र सनातन हिन्दुराष्ट्र तथा संवैधानिक राजतन्त्रको माग गरिरहेको राप्रपा नेपालको एकता महाधिवेशन सरल र आपसी समझदारीमा सम्पन्न हुने प्रवक्ता राजाराम श्रेष्ठले दावी गरेका छन् ।
यसअघि कमल थापालाई सर्वसम्मतिले राष्ट्रिय अध्यक्ष बनाउने सहमति भएपनि अर्का नेता प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी गर्ने भएका छन् । उदघाटन समारोहमा पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौका विभिन्न स्थानबाट सांस्कृतिक  झाकीसहितका र्यालीहरु आयोजना गरेका छन । महाधिवेशनले अध्यक्ष सहित २४ पदाधिकारी र एक सय ६१ केन्दीय सदस्य चयन हुनेछ ।