August 22, 2017

राप्रपाको अधिवेशन आज सकिदै

काठमाण्डौ, ११ फाल्गुन । फाल्गुन ६ गतेबाट राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज सकिदैछ ।

केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचन मतपरिणाम सार्बजनिक भएसंगै महाधिवेशन औपचारिक रुपमा सकिन लागेको हो । महाधिवेशनबाट पार्टी अध्यक्ष सहित ९८ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ ।

बांकी केन्द्रीय सदस्य भने अध्यक्षले मनोनयन गर्ने छन् । केन्द्रीय सदस्यका लागि ३ सय ६३ जना चुनावी मैदानमा होमिएका थिए ।

मत परिणाम अनुसार केन्द्रीय सदस्य पदमा बुद्धिमान तामाङले सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रोमा बिक्रम पाण्डे, कोमल ओली तेस्रो, धबल शम्सेर राणा चौथो र पाँचौमा राजेन्द्र लिङदेनले सर्वाधिक मत प्रप्त गरेका छन् ।

केन्द्रीय सदस्यमा नायिका रेखा थापा, सुनिलबहादुर थापा, जयन्त चन्द पनि बिजय भएका छन् ।

खुला तर्फ महिलाबाट कोमल ओलीले सर्वाधिक ल्यर पहिलो भएकी छन् । भने रेखा थापाले दोस्रो हुन पुगेकी छन् ।