June 26, 2017

राप्रपाका पूर्व केन्द्रीय सदस्य राजवंशी सहित ६ जनाद्वारा पार्टी परित्याग

बिर्तामोड, ५ फाल्गुन । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य टेकनारायण राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।

साधारण सदस्यता समेत नरहने गरी राजवंशी सहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्ने राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै, कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् भने पाण्डे क्षेत्र नं. १ का क्षेत्रीय सदस्य र पोखरेल राजगढ पूर्व गाउँ समिति अध्यक्ष हुन् ।

पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री समेत रहेका राजवंशी सहित छ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।