October 17, 2017

राजेन्द्र महतोले भने- ‘एक मधेस एक प्रदेशको अडान छाडेका छैनौ’

काठमाण्डौ ११ बैशाख । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले एक मधेस एक प्रदेशको पूर्ववत अडान कायमै रहेको बताएका छन ।
हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम धमलाको हमलामा नेता महतोले भने -‘पूर्वको झापा देखि सुदुरपश्चिमको कञ्चनपुरसम्म एक मधेस एक प्रदेश कायम नहुदासम्म कुनै न कुनै रुपमा आन्दोलन जारी रहने छ ।’
तत्कालका समस्या समाधानकालागि संविधान संशोधन जरुरी रहेको बताउदै नेता महतोले नेकपा एमाले बिना पनि संविधान संशोधन गर्न सकिने बताएका छन् । सरकारले चाहेमा एमाले बिना पनि संसदमा दुई तिहाई मत पुग्ने महतोले दाबी गरे ।
संविधान सशोधन प्रस्ताव पारित नभए कुनै पनि हालतमा निर्वाचन हुन सक्दैनु महतोले भने । सिमाङकन फेरबदलको सहमति २०७४ माघ ७ गते अघि नै कार्यान्वयन नभए कुनै हालतमा चुनाव हुन नदिने महतोको भनाई थियो ।
नागरिकताले आफुलाई प्रधानमन्त्री बन्न बाट रोक्न नसक्ने उनले बताएका छन् । सबै मधेशवादी दलको एकीकरणले मधेसीलाई अधिकारको लडाई लडन सजिलो भएको महतोले बताए । (भिडियो सहित)