October 19, 2017

राजेन्द्र महतो भन्छन – ‘संशोधन हुन्न भने निर्वाचन पनि हुन्न, अब समानान्नतर सरकार चलाउछौ’

भक्तपुर, ८ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी  निर्वाचन हुनै नसक्ने बताएका छन ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महतोले संविधान संशोधन बिना स्थानिय निर्वाचन गर्ने कसैको आँट गरेमा देश रक्तपातमा डुब्ने बताउनु चेतावनी दिएका छन ।

ठुला हरुबीच मधेशमा दुई प्रदेशको सहमति भएको बताउदै महतोले  सिंमाकन नै मधेशी मोर्चाको पहिलो एजेन्डा भएकाले बताए । उनले भने -‘सिमाङ्कनलाई थाँति राखेर निर्वाचन जानु भनेको मधेस र मधेसीलाई धोका दिनु हो ।’  ‘मधेस र मधेसीलाई वाइपास गरेर जान खोजे मधेसमा समानान्तर सत्ता चलाइनेछ’ महतोले भने ।

मधेसी दललाई भारत परस्त देख्ने   तर आफुहरु भारतको चाकडी र चाप्पुसी गर्ने  प्रवृती ठूला भनाउदा दलहरुमा रहेको उनले आरोप लगाए ।

एमालेको अंकार र सरकारको मधेशलाई हेर्ने दृष्टिकोणका कारण सप्तरी घटना घटेको भन्दै भारतलाई गाली गर्ने केपी ओलीको खोक्रो राष्ट्रवादी प्रवृतीका कारण देश सँकटमा परेको  महतोको भनाई थियो ।

उनले  मधेसको विरोध गर्ने एमाले अध्यक्ष केपी आेलीका पूर्खा भारतीय हुन भन्दै आफुहरु सच्चा मधेसी धर्तीपुत्र भएको बताए । महतोले मधेस र मधेसीले अधिकार नपाउदासम्म लडाई जारी रहने पनि बताए ।