राजपा कै लागि ऐन संशोधन, राजपा भन्छ ‘चुनावमा जान्नौ’

काठमाडौं २५ जेठ ।  मधेस केन्द्रित ६ वटा पार्टी मिलेर बनेकाे राष्ट्रिय जनता पार्टीलाई स्थानिय निर्वाचनमा सहभागि हुने बाटो खाेल्न सरकारले    स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक पारित गराएको छ ।

व्यबस्थापिका संसद्को अाज बसेको बैठकले संसद् नियमावलीको नियम संशोधन गरेर विधेयक पारित गरेको हो । विधेयक पारित नहुदा  राष्ट्रिय जनता पार्टी नेपालकाे दल दर्ता रोकिएकाे थियो । राजपाले छाता चुनाव चिन्ह माग गर्दा निर्वाचन आयोगले कानूनी अडचन देखाएको थियो ।
विधेयक संशोधनपछि  निर्वाचनमा सहभागि हुने बाटो खुलेपनि  राष्ट्रिय जनता पार्टीका नेताहरुले  संविधान संशोधन विधेयक पारित र मधेश आन्दोलनकाक्रममा लगाइएका मुद्दा खारेज  नगर्दासम्म   चुनावमा भाग  नलिने बताएका छन ।