October 22, 2017

राजपालाई नयाँ चुनाव चिन्ह दिन प्रधानमन्त्रीकाे निर्वाचन अायोगलाई अाग्रह

काठमाण्डौ २९ साउन । सरकारले नयाँ मतपत्र छापेर भएपनि राष्ट्रिय जनता पार्टीलाई एउटा चुनाव चिन्ह दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अाईतबार बालुवाटारमा राजपाका नेताहरु सहित सत्तारुढ दलका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबिच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले चूनाव चिन्ह दिन आग्रह गरेका हुन ।

छलफलमा निर्वाचन आयोगले राजपाले मागेको छाता चुनाव चिन्ह कानुन संशोधन नभएसम्म दिन नसकिने बताएको छ । तर, एकता प्रक्रियामा आएका छ दल मध्ये एकको चुनाव चिन्ह दिन सकिने प्रमुख आयुक्त यादवले जानकारी दिए । प्रमुख आयुक्त यादवले भने यसबारे कानुनी लगायतको परामर्श गरेर भोलिसम्म जवाफ दिने बताए ।

राजपाले आफूहरुले एउटा चुनाव चिन्ह लिएपनि अरु पनि मतपत्रमा कायमै रहने र आफ्नो धेरै भोट बदर हुने बताएको छ । बैठकमा सत्तारुढ दलका नेताहरुले नयाँ मतपत्र छापेर एउटै चुनाव चिन्ह दिन आयोगलाई आग्रह गरेका छन् ।

 

बैठकमा राजपा नेताहरुले संविधान संसोधन संसदबाट अघि बढाउने बिषयमा सत्तापक्षसंग जानकारी माग गरेको थियो । संसदबाट आगामी मंगलबार संशोधन बिद्ययेक अघि बढाउने सरकारको तयारी छ ।