August 17, 2017

राजनीतिक दल सम्बन्धी विधेयक केही दिन भित्र संसदमा पेश हुदै

काठमाण्डौ, ८ चैत्र । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले राजनीतिक दल सम्बन्धी विधेयक केही दिन भित्रै व्यवस्थापिका संसदमा पेश हुने बताएका छन् ।

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नायकले राजनीतिक दल सम्बन्धी विधेयकमा मत भिन्न देखिएका विषयमा सहमति जुटाउनका लागि सरकार आफै राजनीतिक दलहरुसंग छलफल गरिरहेको भन्दै छिट्टै संसदमा पेश गरिने जानकारी दिएका छन् ।

उनले थ्रेस होल्डमा देखिएको असहमतिका कारण अड्किएको राजनीतिक दल सम्बन्धी विधेयकलाई राजनीतिक दलहरुकै सहमतिका आधारमा फास्ट ट्रयाक बाट छिट्टै टुंगोमा पुर्याईने बताए ।

पत्रकार सम्मेलनमा उनले व्यवस्थापिका संसदबाट ३९ वटा विधेयक पास भईसकेको, ३७ वटा विचाराधिन, ९ वटा विधेयक मन्त्रालयमा सहमतिको क्रममा रहेको पनि बताए ।