राजधानीमा फेरि स्वाइनफ्लुको संक्रमण

काठमाण्डौ,५ वैशाख । लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ ।

यस्तै, बालबालिकामा ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने भए तत्कालै जाँच गराइहाल्न चिकित्सकहरूले आग्रह गरेका छन । यस्तै, प्रकारको समस्या लिएर उपत्यकाका अस्पतालहरूमा बिरामी पुगेका छन् । उनीहरूको रगत परीक्षणले उपत्यकामा स्वाइनफ्लु देखिएको छ ।

एच वान एन वान भाइरस देखिएका बिरामीलाई स्वाइनफ्लु लागेको मानिने चिकित्सकहरूले बताएका छन् । उपत्यकामा देखा परेको यस प्रकारको भाइरस कडा प्रकारको भएको चिकित्सकहरूले बताएका छन् । उनीहरूले सबैलाई सचेत हुन पनि आह्वान गरेका छन् । काठमाडौंमा स्वाइनफ्लु भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पुष्टि गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।