October 23, 2017

राजधानीमा अाैषतभन्दा बढी प्रदूषण

काठमाण्डौ,४ वैशाख । असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा –(पिएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ ।

तर उपत्यकाको हावामा पार्टीकुलेट म्याटर पिएम २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्याङ्क छ ।
औषतभन्दा प्रदूषण मात्र बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ । पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकावासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुपरेकाे थियाे । आजको नागरिकमा यो खबर छ ।