October 17, 2017

राजदूत रेले भने — ‘नेपालमा मैले सकारात्मक भावनाले काम गरे’

काठमाडौं, फागुन १४ । नेपालका लागि भारतीय राजदूत रन्जीत रेले नेपाल र भारतको समृद्धीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका छन ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आज राजधानीमा राजदूत रेको बिदाईमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत रेले दुवै देश समृद्धीको मार्गतर्फ बढिसकेकाले अहिले देखिएका समस्याहरु समाधान हुने आशा व्यक्त गरे ।
राजदूत रेले आफूले सकारात्मक भावनाले नेपालमा कार्यकाल बिताएको बताउदै नेपालमा सच्चा मनले सकारात्मक ढंगले काम गरेको स्पष्ट पारे । भारत सधै नेपालको हितको पक्षमा रहेको भन्दै आफ्नो कार्यकालमा विकासका ठूला आयोजनाहरु अगाडि बढेको पनि रेले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको विकासप्रति निकै गम्भीर भएको बताउँदै अगाडि बढ्न नसकेका आयोजनाहरुबारेमा जिज्ञासा राख्ने गरेको पनि बताए ।