October 23, 2017

राजदुत उपाध्याय र भारतका पेट्रोलियम राज्यमन्त्री बीच छलफल

काठमाण्डौ, १० चैत्र । भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायले भारतका राज्यमन्त्री (पेट्रोलियम र प्राकृतिक) सँग नेपालमा पेट्रोलियम पदार्थकाे अापूर्तिकाे सहजताका बिषयमा छलफल गरेका छन।

छलफलमा राजदुत उपाध्यायले भारत र नेपालको आयल निगम बीच भएको सम्झौताबारे प्रस्ट पारेका थिए । उक्त बैठकमा रक्सौलदेखि र अमलेखमन्जसम्म पाइपलाइन बिच्छ्याउने बारे पनि कुराकानी भएको थियो ।

सो बैठकमा नेपाल पेट्रोल भण्डार निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकपछि नेपालका दीपक बोहरा र भारतका मन्त्री प्रधानबीच टेलिफोनमा कुराकानी भएको थियो ।