August 16, 2017

राखीको घरमा पुलिस पुग्यो, सोधखबर हुँदै

काठमाण्डौ, २२ चैत्र । सन्त वाल्मीकिमाथि टिप्पणी गरेको कारण पञ्जाब पुलिस मोडल राखी सावन्तको घरमा सोधखबरका लागि पुगेको छ ।

एक टिभि कार्यक्रमको दौरानमा राखीले ‘रामायण’ का रचनाकार वाल्मिीकिको बारेमा आपत्तिजनक टिप्पणी गरेकी थिइन् । उनले गायक मिका सिंहको बारेमा टिप्पणी गर्दै वाल्मीकिलाई मिकासँग तुलना गरेकी थिइन् ।

पत्रकार रविन्दर सिंहका अनुसार, पञ्जाब पुलिसको टिम मुम्बईस्थित राखी सावन्तको घरमा गएर सोधखोज गरिरहेका छन् । यसअघि लुधियानाको एक अदालतले राखीविरुद्ध गैर जमानत वारेन्ट जारी गरेको थियो ।

राखीले पछिल्लो वर्ष गायक मीका सिंहको बारेमा भनेकी थिइन्, ‘अब मिका पहिलाजस्तो छैनन्, जस्तै भगवान वाल्मीकि पहिले……थिए र पछि बदलिएका थिए । पछि उनले रामायण लेखे, त्यसरी नै मिका बद्लिसकेका छन् ।’

त्यस समयमा मिकाविरुद्ध एक मोडलले दुर्व्यवहारकाे आरोप लगाएकी थिइन् । उक्त घटनापछि मिका बेइज्जत रिहा भएका थिए ।

यो घटनापछि राखीले भनिन्, ‘यो एक पब्लिसिटिको तरिका हो । मैले त केवल एउटा उदाहरण दिएको थिएँ, मिकालाई बचाउने चक्करमा यो एउटा मुद्दा बन्यो ।’