August 21, 2017

रसुवाका भुकम्पपीडितहरुलाई पनि एकीकृत बस्ती

काठमाण्डौ ४ चैत्र । बिनासकारी भुकम्पबाट विस्थापित भएका रसुवालीहरुको एकीकृत बस्ती बनाएर पुनः स्थापना गरिने भएको छ ।

पार्वतीकुन्ड गाउँपालिकाको गोगने तथा उत्तरगया गाउँपालिकाको करुम–याङका करिब ५०० विस्थापित परिवारलाई काधुरी, समरिटनपर्श तथा धुर्मुस–सुन्तली फाउन्डेसनको आर्थिक सहयोगमा एकीकृत बस्ती निमार्ण हुन लागेको हो ।

रसुवाको खाल्टेमा निर्माण हुन लागेका एकीकृत बस्तीमा सक्रिय भएर लाग्ने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुखसहितको उच्चस्तरीय टोलीले विस्थापित परिवार बसेको र पुनः स्थापना गर्ने स्थानको अवलोकन गरी उत्तरगया गाउँपालिकाको खाल्टेमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

भूकम्पपछि आफ्नो घरमै र्फकन नसकेका विस्थापित परिवारहरुको मागअनुसार जिल्ला दैवी प्रकोप उद्दार समितिले नेपाल सरकारको स्वामित्वमा रहेको करिब २५० रोपनी जमिनको छनोट गरेपछि बस्ती बनाइने भएको छ ।

छनोट गरिएको स्थानमा पहिलो चरणमा ५०० परिवार अट्ने गरी तीनओटा कोठा भएका भूकम्पप्रतिरोधी घर बनाइने भएको छ ।

यसैगरी, एकीकृत बस्तीको निमार्ण गर्दा जग्गा अपुग भएमा अन्यत्र व्यवस्था गरिने राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बताएको छ ।