October 24, 2017

रसुवाका दुइटा वडामा नयाँ शक्तिका उम्मेद्वार विजयी

रसुवा १ जेठ ।  रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् ।

उत्तरगया १ को वडा अध्यक्षमा २ सय ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी भएका छन । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी भएकी छिन । तामाङले २ सय ७१ मत ल्याएकी छिन ।

दलित सदस्यमा दुई सय २६ मतका साथ ज्ञानु विक, खुल्ला सदस्यमा दुई ३४ मतका साथ पुर्णबहादुर घले र दुई सय ३३ मतका साथ बम बहादुर तामाङ एमालेका तर्फबाट विजयी भएका छन् ।

पार्वतीकुण्ड गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी भएका छन । उनले १ सय ४६ मत प्राप्त गरेका छन ।

महिला सदस्यमा एक सय ६२ मतका साथसोनाम तामाङ, खुल्ला सदस्यमा एक सय ६७ मतका साथ दोर्जे तामाङ र एक सय ५९ मतका साथ निमा दोर्जे तामाङले एमालेका तर्फबाट विजयी भएका छन् ।