October 24, 2017

रजनीकान्तको ‘२.०’ र आमिरको ‘सिक्रेट सुपरस्टार’ सँगै रिलिज हुने

काठमाण्डौ, २७ चैत्र । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्त र भारतीय फिल्म उद्योगका सुपरस्टार आमिर खान चलचित्रको माध्यमबाट आमनेसामने हुने भएका छन् ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शका अनुसार रजनीकान्तको फिल्म ‘२.०’ र आमिर खानको आफ्नै होम प्रोडक्सनको फिल्म ‘सिक्रेट सुपरस्टार’ दिपावलीमा सँगसँगै रिलिज हुनेछ ।

तर यसअघि आमिर आनको फिल्म ‘सिक्रेट सुपरस्टार’ र सञ्जय दत्तको फिल्म ‘भूमि’ अगस्त ४ मा एकैसाथ रिलिज हुने तय भएको थियो । अद्वेत चन्दनले निर्देशन गरेको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा जायरा वसिम पनि देखिने छन् ।