August 22, 2017

रक्षामन्त्रीले खाए सेनाका जवानसँग मेसमा खाना

काठमाण्डौ, २ चैत्र । मंगलबार नारायणहिटी स्थित उपत्यका पृतना मुख्यालय निरीक्षण गर्न पुगेका रक्षामन्त्री बालकृष्ण खाँणले निरीक्षणपछि मेसमा जवानसँग बसेर खाना खाएका छन्

त्यस क्रममा जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अण्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन अनुरोध गरेका थिए ।

रक्षामन्त्रीले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिएका छन् । रक्षामन्त्रीलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराए ।

सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यस्था एवं विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गरे ।