October 20, 2017

यौन शिक्षा स्वस्थ जीवनका लागि पनि आवश्यक

काठमाण्डौ, २९ चैत्र । जिन्दगीमा यस्ता शिक्षा पनि लिनुपर्ने हुन्छ, जुन कुराबाट हामी अनभिज्ञ हुन सक्छौं । जस्तै कि यौन शिक्षा–

दुँनियामा यस्ता लाखौं मान्छेहरु छन् जसले आफैंलाई लेस्बियन, ट्रान्ससेक्सुअल, गे तथा बायोसक्सुअल मान्छन् । समुदायका बालबालिकाहरुलाई विद्यालयमा सेक्सको बारेमा बताउन जरुरी हुन्छ नत्र ती बालबालिकाहरुलाई आफूले नै सिक्नुपर्ने वाध्यता हुन्छ ।

वास्तवमा भावनाले हाम्रो शरीरमा धेरै ठूलो असर पार्ने गर्दछ । हामी सबै के जान्छौं भने सेक्सको आनन्द त्यस्ता व्यक्तिसँग नै हुने गर्दछ, जसलाई हामी धेरै नै मात्रामा मन पराउँदछौं ।

हामीमध्ये धेरैले गर्भनिरोधकको बारेमा अनेक प्रकारका कुराहरु सुनेका हुन सक्छौं । कन्डमलाई नै गर्भनिरोधकको उत्तम विकल्पका रुपमा लिइन्छ । सेक्समा अनुभव नभएकाहरुका लागि सेक्स टोय सेक्सका लागि राम्रो विकल्प हुन सक्छ । सेक्स टोय विभिन्न आकार, विभिन्न रङमा उपलब्ध हुने हुनाले यो नै सेक्सको अनुभवका लागि उत्तम मान्न सकिन्छ ।

जब हामीले मद्यपानको सेवन गर्छाैं तब कसैको सामु नाङ्गिन र होस गुमाउन पनि पछि पर्दैनौं । तर ज्यादा मात्रामा मद्यपान सेवन गरेर सेक्स गर्नु स्वास्थ्यको लागि हानिकारक हुने गर्दछ ।

सेक्सलाई लिएर धेरै मान्छेले आ–आफ्नो पारामा विश्लेषण गर्दछन् । तपाईको कुनै साथीले तपाईलाई म त दिनमा २० पटक सेक्स गर्छु भन्न सक्छ । तर तपाईले यस्तो हावादारी कुरालाई पत्याउने कि नपत्याउने ? कति पटक सेक्स गर्ने भनेर कुनै सीमा नभएकोले पनि मानिसहरु अलमलमा पर्ने गर्दछन् । कतिपय प्रतिदिन वा कतिपय हप्तामा एकचोटि गर्नु ठीक भन्ने गर्दछन् ।

सेक्सको शिक्षा आनन्दको लागि मात्र नभएर हामीलाई सुरक्षित र सजग राख्न प्रेरित गर्दछ । साथै प्रजनन स्वास्थ्यको बारेमा पनि जानकारी प्राप्त हुन्छ । तर सेक्समा सन्तुष्टिले नै आनन्द दिने गर्दछ ।