October 18, 2017

यो लोकतन्त्र होकी छाडातन्त्र ? : ओली, सरकारलाई ध्रुवेहात्तीको संज्ञा

काठमाण्डौ,१२ वैशाख । एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन ।

सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए ।

‘संविधानमा जेठ १५ गते बजेट ल्याउने व्यवस्था राख्यौँ, किनभने समयमै बजेट नआउँदा विकासमा ढिलासुस्ती भयो । तर, संविधान जारी भएपछि अघिल्लो सरकारले त्यसलाई सुरुवात गर्यो । अब त्यो संशोधन गर्नुपर्ने भो रे । इच्छा लागेपछि, इच्छामा बाधा पुगेपछि जे–जे संशोधन गर्नुपर्छ, संशोधन गरिदिने ? ओलीले भने, ‘फेरि अहिले स्थानीय तहको संख्या बढाउने, मतदाता नामावलीमा नाम थप्ने, जहाँ जित्ने अवस्था छैन त्यहाँ संख्या थप्ने, के त्यस्तोलाई चुनाव भन्छन् ।

यो लोकतन्त्र हो कि छाडातन्त्र ? सरकार ध्रुवेहात्तीको जसरी प्रस्तुत भइरहेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।