October 17, 2017

यो बर्ष विनोद चौधरीको सम्पत्ति २० अर्ब रुपैया बढ्यो

काठमाण्डौ, १० चैत्र । नेपाली उद्यमी विनोध चौधरीको सम्पत्तिमा एक बर्षमा २० अर्ब रुपैया थपिएर १.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको अर्बपतिको सूचिमा उनी १० स्थान माथि उक्लिदै १५६७ औँ स्थानमा पुगेका छन् ।

फोब्र्सले सार्वजनिक गरेको सन् २०१७ को अर्बपतिको सूचि पर्ने उनी नेपालका एक मात्र व्यक्तिहुन् ।

उनको सम्पत्ती १ अर्ब ३१ करोड अमेरिकी डलर रहेको छ । गतर्ष उनीसँग १ अर्ब १० करोड अमेरिकी डलरको सम्पत्ती रहेको थियो ।

उनी सन् २०१३ देखि फोब्र्सको अर्बपतिको सूचिमा पर्दै आएका छन् । फोब्र्स म्यागेजिनका अनुसार यो वर्ष विश्वको सबैभन्दा बढी धनी व्यक्तिमा बिल गेट्स छन् । उनको सम्पत्ती ८६ अर्ब अमेरिकी डलर छ । दोस्रोमा सेयर बजारका बादशाह मानिने वारेन बफेट रहेका छन् । उनीसँग ७५ अर्ब ६० करोड डलर सम्पत्ती रहेको छ ।
यो वर्ष अर्ब पतिको संख्या १३ प्रतिशतले बढेर २ हजार ४३ पुगेको फोब्र्सले जनाएको छ । जसमा सबै भन्दा बढी चीनबाट ७६ र अमेरिकाबाट २५ जना नयाँ अर्बपति थपिएका छन् ।

अर्बपतिको सूचीमा पहिले नम्बरमा रहेका बिल गेट्स २३ वर्षको अर्बपतिको सूचीमा १८ पटक सम्म पहिले नम्बरका पर्न सफल भएका छन् । अर्ब पतिको सूचिमा पर्ने नर्वेकी २० वर्षिया अलेसान्ड्रा सबै भन्दा कान्छो बनिन् । उनको १.२ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ । त्यस्तै नर्वेकै २१ बर्षिया क्यथरिना एन्ड्रसेनको १.२ अर्ब अमेरिकी डरल सम्पत्ति सहित दोस्रो नम्बरमा छन् । उनीहरु दुबै दिदी बहिनी हुन  । अन्नपूर्णा पोष्टमा खबर छ ।