August 23, 2017

यो फोटोले जित्यो वर्षकै उत्कृष्ट फोटोको अवार्ड

काठमाण्डौ, २३ चैत्र । श्रीनगरको मुघल गार्डेनमा केटाहरुले क्रिकेट खेलिरहँदा खिचिएको फोटोले ‘विस्डन्स क्रिकेट फोटो अफ दि इयर २०१६’ को अवार्ड जितेको छ ।

उक्त आकर्षक र मनमोहक फोटो खिच्ने पत्रकारको शकिब मजीद हो । अवार्डका लागि छानिएको ४ सय ५० फोटोहरु मध्ये ११ वटा फोटोलाई अन्तिम रुप दिइएको थियो ।

अन्ततः १० वटा फोटोलाई पछि पार्दै उक्त तस्बिरले अवार्ड हात पार्न सफल भएको हो ।