October 17, 2017

यो निर्वाचनले संघीयता सकिन्छ–महेन्द्र यादव

काठमाण्डौ, १० फाल्गुन । तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले सरकारले संघीयता समाप्त गर्न स्थानीय तहको निर्वाचन घोषणा गरेको आरोप लगाएका छन् ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै अध्यक्ष यादवले स्थानीय तहको चुनाव प्रदेशसभाले गर्नुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै सरकारले बल मिच्याई गरेको आरोप लगाए ।

अध्यक्ष यादवले स्थानीय तहको नभइ केन्द्रको चुनाव गर्न सरकारलाइ सुझाव दिएका छन् । एकतर्फी घोषणा गरिएको चुनावमा आफूहरु सहभागी नहुने र चुनाव हुन पनि नदिने चेतावनी दिए ।

उनले सरकारले संविधान संशोधन बिधेयक परिमार्जनको प्रस्ताव ल्याए त्यसउपर संसद्मा छलफल गर्न भने आफूहरु तयार रहेको स्पष्ट पारे ।