योगीको ‘हिन्दू वाहिनी अभियान’ मा प्रतिदिन ५ हजारको आवेदन

काठमाण्डौ, २१ चैत्र । इन्डियन एक्सप्रेसको खबर अनुसार, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हिन्दू वाहिनीसँग जोडिने अभियानमा दैनिक मानिसहरुको चाहना बढ्दोछ ।

उक्त अखबारले योगीको उक्त अभियानमा हरेक दिन ५ हजारसम्म मानिस जोडिन चाहेको बताएको छ । योगी आदित्यनाथले सन् २००२ मा गोरखपुरमा हिन्दू युवा वाहिनीको गठन गरेका थिए ।

अखबार के मान्छ भने, योगी आदित्यनाथ मुख्यमन्त्री बन्नु पूर्व उक्त संस्थामा प्रतिदिन केवल ५ सयदेखि १ हजारसम्मका मानिसको मात्र आवेदन आउने गर्दथ्यो ।

इकोनोमिस्ट टाइम्सका अनुसार, योगीको उक्त अभियानमा जोडिन त्यति सहज छैन, किनकि आवेदकहरुले मतदान पहिचान पत्र पनि पेश गर्नुपर्ने हुन्छ ।