यूरीन इन्फेक्सनमा अमलाको रसको प्रयोग (विशेषगरी महिलाहरुलाई)

काठमाण्डौ, २१ चैत्र । आजको समयमा धेरै महिलाहरुलाई यूरीन इन्फेक्सनको समस्या हुने गर्दछ । पुरुषहरुलाई पनि यो समस्याले आक्रान्त पारेको छ ।

यो रोग पुरुषहरुलाई सीमित मात्रामा लाग्ने गरेको पाइएको छ । जबकि ८० प्रतिशत महिला यो रोगबाट ग्रसित हुने गरेका छन् । मूत्र मार्गमा समस्या हुँदा यो समस्या देखिने गर्दछ । यो समस्याबाट मुक्त हुन महिलाहरु कयौं प्रकारका उत्पादन प्रयोग गर्ने गर्दछन् । यस्तै कयौं डाक्टरसँग हारगुहार गर्ने गर्दछन् । तर अवलाको रस यो समस्याको अचुक औषधी हो ।

अमलाको रस मूत्र मार्गमा हुने संक्रमणलाई नियन्त्रण गर्ने सबैभन्दा लाभदायक प्राकृतिक उपाय हो । जुन एकदमै प्रभावशाली र यसको कुनै साइड इफेक्ट्सको डर पनि हुँदैन ।

किन हुन्छ यूरीन इन्फेक्सनको समस्या

– धेरै समयसम्म पिसाब रोकेर राख्दा
– मूत्र मार्गमा सरसफाईको कमिले संक्रमण हुँदा
– शौचालयमा फोहोर हुँदा पनि संक्रमण हुने गर्दछ
– मूत्र मार्गमा जलन हुँदा

शरीरमा पानीको कमिले गर्दा पनि पिसाब सम्बन्धी समस्या देखिने गर्दछ । जसको कारणले पिसाबको रङ पनि पहेँलो हुने गर्दछ ।

यो समस्या विशेषगरी महिलालाई नै किन–

– महिलालाई यूरीन संक्रमणको समस्या अधिक मात्रामा हुने गर्दछ । किनकी महिलाहरु सार्वजनिक स्थलमा शौचालयको अभावले शौच गर्न सक्दैनन् र संक्रमणको समस्या बढि हुन्छ । तर पुरुषको साथ यस्तो समस्या हुँदैन ।
– यदि कँही शौचालय भए पनि पर्याप्त मात्रामा सफा हुँदैन र यसको कारणले पनि संक्रमणको समस्या उत्पन्न हुन्छ ।
– कुनै बैठकमा भाग लिइरहँदा अधिकांश महिलाहरु बारम्बार शौचालय जान लाज मान्ने गर्दछन् ।
– पानी कम मात्रामा पिउनु पनि यसको एक प्रमुख कारण हो ।

अमलाको प्रयोग–

– प्रत्येक दिन बिहान खाली पेटमा एक गिलास (१० मिलिमिटर) अमलाको रस पिउने
– यसले गर्दा शरीरमा भएको विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ
– यसले गर्दा मृगौला र पेट पनि सफा हुने गर्दछ
– र अन्त्यमा यूरीन इन्फेक्सनको समस्या हुँदैन ।