March 26, 2017

यूएनएचसीआरका प्रतिनिधिसँग गृहमन्त्रीले उठाए भुटानी शरणार्थीकाे मुद्दा

काठमाण्डौ, ७ चैत्र । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोगको कार्यालयका नेपाल प्रतिनिधि केभिन जे आलेनबीच आज भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन रुपमा हल गर्ने बिषयमा छलफल भएको छ ।

पूर्वी नेपालका शरणार्थी शिविरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको र राहत आपूर्ति गराउनेबारे गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच कुराकानी भएको थियो ।

भुटानी शरणार्थीको अमेरिकामा पुनर्बासको व्यवस्था हुँदै आएकोमा पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि त्यँहाको सरकारको नीतिका कारण रोकिएको बिषयमा पनि छलफल भएको थियो ।

गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच आपसी सहयोग आदानप्रदानका बिषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *