Breaking News

यी हुन फोरम नेपालबाट गौर नगरपालिकाका मेयर / उपमेयरका उम्मेद्वार

रौतहट २१ जेठ । संघीय समाजवादी फोरम नेपालले पूर्वमेयर गौरी शंकर प्रसाद यादवलाई गौर नगरपालिकाको मेयरको उम्मेदबार चयन गरेको छ ।

यसअघि २०५४ सालको स्थानीय चुनावमा गौरी शंकर यादव स्वतन्त्र उम्मेद्वारीबाट गौर नगरपालिकाको मेयरमा  विजयी भएका थिए । उनी दुई साताअघि मात्र फोरम नेपालमा प्रवेश गरेका थिए । गौर नगरपालिकामा उनी प्रभावशाली नेताका रुपमा परिचित छन ।
यसैगरी, फोरम नेपालले गौर नगरपालिकाको उपमेयरका लागि अन्सु सिंहलाई चयन गरेको छ । अन्सु  पूर्वसभासद बबन सिंहकी पत्नी हुन । बबनसिंह स्वतन्त्र उम्मेद्वारका रुपमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

shares