October 22, 2017

यी हुन् विश्वका धनी महिलाहरु

काठमाण्डौ, ८ चैत्र । पहिलो पटक २ सय २७ जना महिलाहरु फोर्बस् पत्रिकाले निकालेको अर्बपतिको सूचिमा परेका छन् ।

९४ वर्षीय लिलियाने बेटनकर्ट आफ्नो कूल सम्पत्ति ३९.५ बिलियन अमेरिकी डलरका साथ पहिलो नम्बरमा छिन् ।

दोस्रो स्थानमा एलिस वाल्टन परेकी छिन् । उनको कूल सम्पत्ति ३४.६ बिलियन अमेरिकी डलर रहेको छ । उनी विश्व प्रसिद्ध कम्पनी वालमार्टको संस्थापक साम वाल्टनकी छोरी हुन् ।

विश्वको तेस्रो धनी महिलाको नाम ज्याकलिन मार्स हो । उनी २३.९ बिलियन अमेरिकी डलरको साथ तेस्रो स्थनामा परेकी हुन् ।