August 19, 2017

यी हुन् दुँनियाका प्रभावशाली नेताका चर्चित छाेरीहरु–

काठमाण्डौ, ११ चैत्र । विश्वमा पुरुषहरु मात्र नभई महिलाहरु पनि चर्चित छन् । यहाँ तिनै चर्चित नेताका चर्चित छोरीहरुको बारेमा चर्चा गरिन्छ ।

इवांका ट्रम्प विश्वकै शक्तिशाली छोरी–

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरीको नाम इवांका ट्रम्प हो । उनले व्हाइट हाउसमा सरकारी कार्यालय पाएकी छिन् । यसबाहेक आफ्ना पितालाई सल्लाह दिने काम पनि गर्छिन् ।

३५ वर्षीया इवांकाले ट्रम्पको आँखा र कानजस्तो भएर जिम्मेवारीपूर्वक काम गर्ने गर्दछिन् । तर यसरी काम गरेबापत उनलाई कुनै पद र तलब दिइँदैन ।

मरियन नवाज शरीफ

४२ वर्षीया मरियन नवाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफकी छोरी हुन् । उनी ज्यादा समय परिवारमा भन्दा पनि समाजसेवामा दिने गर्दछिन् ।

तर सन् २०१३ मा भएको चुनावमा आफ्ना पितालाई जिताउन उनको अहम् भूमिका रहेको थियो । अघिल्लो वर्ष बहुत चर्चित पनामा पेपर्समा पनि उनको नाम आएको थियो ।

चर्चित डांसर छोरी–

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीहरु छन् । सन् २०१५ मा उनको कान्छी छोरी मस्कोमा कैटेरिना टिखोनोवाको नामबाट रहेको खुलाशा भएको छ ।

के भनिएको छ भने उनकी छोरीलाई लाखौंलाखको प्रस्ताव आउने गरेको छ । त्यसैगरी रक एण्ड रोल डान्समा उनी सन् २०१३ को प्रतियोगितामा ५ औं भएकी थिइन् ।

इसाबेल डास स्यान्टाेस

एंगोलाका वृद्ध राष्ट्रपति जोस एडुआर्डाे डोस स्यान्टोसकी ४३ वर्षकी छोरी इसाबेल डास स्यान्टाेस सरकारी तेल कम्पनीकी मुखिया पनि हुन् । फोब्र्सले सन् २०१३ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार उनी अफ्रिकाकी सबैभन्दा धनी महिला पनि हुन् ।

उनको कूल सम्पत्ति ३.२ अर्ब डलर रहेको छ । विशेषगरी देशको वित्त बजार, सूचना प्रविधि र डायमण्ड उद्योगमा उनको साझेदारी पनि छ ।

मैरियेला कास्त्रो

क्युबाका राष्ट्रपति राउल कास्त्रोकी छोरी मैरियेला कास्त्रो संसदको एक सदस्य हुन् । त्यसैगरी उनी लैङ्गिक रुपमा अल्पसंख्यकका अधिकारको लागि लड्ने महिला पनि हुन् । उनी सरकारी संस्था नेशनल सेन्टर फर सेक्स एण्ड एजुकेशन की मुखिया पनि हुन् ।