October 19, 2017

यी–यी चीज तामाको भाँडामा नराख्नुस्

काठमाण्डौ, २७ चैत्र । तपाईले सानो हुँदा तामाको भाँडोमा राखिएको पानी पिउँदा धेरै रोगबाट छुटकारा मिल्छ भनेर सुन्नुभएको होला । तर कुनै कुनै चीज तामाको भाँडामा राख्दा बच्नुपर्ने हुन्छ, किनकि त्यो जहर पनि बन्न सक्छ ।

आउनुहोस् त्यो कुन कुन चिज हो जुन तामाको भाँडोमा राख्नु हुँदैन त–

१. अचार

यदि तपाई जसरी तामाको भाँडोमा राखिएको पानी स्वास्थ्यको लागि राम्रो हुन्छ त्यसरी नै तामाको भाँडोमा राखिएको अचारले पाईदा हुन्छ सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । हो, खाशगरी सिरकावाला अचार तामाको भाँडामा राख्नबाट बच्नुपर्छ । सिरका विशेषगरी धातुसँग मिलेर प्रतिक्रिया उत्पन्न हुने गर्दछ । जसलाई कपर पोइजनिङ भन्छौं ।

२. दही

 

दहीलाई तामाको भाँडोमा राख्दा यसमा भएको पोषक तत्वले फाईदा गर्नुको सट्टा उल्टो असर दिने गर्दछ । दहीमा भएको पोषक तत्व तामासँग मिलेर प्रतिक्रिया दिन थाल्छ र जसको कारण फुड पोइजनिङको समस्या हुन सक्छ ।
३. दूध


दहीजस्तै दूधको पनि पोषक तत्वले तामाको भाँडोमा राख्दा नकारात्मक प्रतिक्रिया दिने गर्दछ । यसको कारण उल्टी हुने, पेट खराब हुने र डाइरियासम्म हुन सक्छ ।

४. कागतीको जुस

कागतीको जुसमा भएको एसिड तत्वले तामासँग मिलेर प्रतिक्रिया दिन्छ जुन स्वास्थ्यको लागि नोक्सान हुने गर्दछ । यसको कारण पेटमा वायुको मात्रा बढ्ने र पेटमा पीडा महशुस हुनेजस्ता समस्या देखिन्छ ।