October 23, 2017

यी को हुन् जो विराट कोहलीलाई मार्न चाहन्थे

काठमाण्डौ, १८ चैत्र । भरखरै सकिएको भारत र अष्ट्रेलियाबीचको टेस्ट सिरिजको दौरानमा अनेकौं टिका टिप्पाणी र भनाइहरु मिडियामा आए ।

अष्ट्रेलियाका पूर्व बलर एड कावनले भारत र अष्ट्रेलियाबीच भएको पछिल्लो टेस्टलाई लिएर मुख खोलेका छन् । दुई राष्ट्रबीच भएको टकरावलाई लिएर कावनले भने, ‘त्यस समय यस्तो लागेको थियो कि स्टम्प उखालेर कोहलीलाई घोपेर मारिदिउँ ।’

‘उक्त सिरिजको दौरानमा मेरी आमा बिरामी थिइन् र कोहलीले जे भने त्यो निकै अनुचित थियो ।’ कावनले थपे ।