August 16, 2017

यस्ता शाकाहारी चीजले मांशाहारीले भन्दा बढी प्रोटिन दिन्छन्

काठमाण्डौ, १७ चैत्र । कतिपय मान्छे प्रोटिन, कार्बोहाइड्रेटजस्ता जरुरी पोषक तत्व केवल मांशाहारी चीजबाट नै मिल्ने सोच्छन्, तर यो गलत हो ।

यदि तपाई शाकाहारी हुनुहुन्छ भने यस्ता धेरै खाने चीजहरु छन्, जसले तपाईलाई ननभेजबाट प्राप्त हुने पोषक तत्व प्राप्त हुन्छ । यतिमात्र होइन अरु चीजभन्दा शाकाहारी आहारबाट ज्यादा मात्रामा पोषक तत्व प्राप्त गर्न सकिन्छ ।

पोषक तत्व भएका केही शाकाहारी आहारहरु–

आटा
गहुँको राटी त प्रायः सबैले खाने गर्दछन् । यसमा प्रोटिन, कार्बोहाइड्रेट जस्ता पोषक तत्व पर्याप्त मात्रामा हुने गर्दछ । यी तत्व बाहेक भिटामिन बी १, बी २, बी ३, ई र म्याग्नेसियमजस्ता जरुरी तत्व हुने गर्दछ । जसले हाम्रो मांशपेशीलाई पनि मजबुत बनाउँछ ।

दूध
दूध आफैंमा एक सम्पूर्ण आहार हो । यसर्थ तपाईले प्रोटिनका लागि माछा–मासुको सेवन गर्नपर्दैन । दिनमा एक गिलास दूध पिउनाले शरीरलाई आवश्यक पर्ने सारा पोषक तत्व मिल्छ ।

राजमा
राजमालाई प्रोटिनको प्रमुख स्रोत मानिन्छ । यसमा प्रोटिनको साथसाथै कार्बोहाइड्रेट, क्यालोरी र भिटामिन पनि भरपूर मात्रामा हुने गर्दछ ।

भटमास
भटमास प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो, यो कुरा सबैलाई थाहा होला ? मानिसहरुले यसलाई उमारेर पनि खाजाको रुपमा प्रयोग गर्ने गर्दछन् । १ यस ग्राम भटमासमा ३६ ग्राम प्रोटिन हुन्छ ।

त्यसैले हामीले प्रोटिन, कार्बोहाइड्रेटजस्ता पोषक तत्वका लागि मांश नै आहार गर्नुपर्छ भन्ने छैन । शाकाहारी चीजबाट पनि पोषक तत्व प्राप्त गर्न सकिन्छ ।