August 22, 2017

यसाे गरे मात्र बन्छ सिक्स प्याक

काठमाण्डौ, २५ फाल्गुन । अहिले धेरै युवाहरुलाई सिक्स प्याक बनाउने लहर चलेको छ । धेरै व्यक्तिहरु बलिउड कलाकारको सिक्स प्याक देखेर फिदा हुने गरेका छन् । सिक्स प्याक यसरी बनाउन सकिन्छ ।

धेरै मानिसहरु जिम त जान्छन् तर सोचेजस्तो प्याक बनाउन नसकेर दिक्क हुने गर्दछन् । धेरै मानिसहरुलाई यो कुरा थाहा छैन कि जिमसँगै उचित डाइटको पनि आवश्यकता हुन्छ भनेर ।

तपाई पनि यो कुरालाई लिएर चिन्तित हुनुहुन्छ भने तल दिइएका टिप्स उपयुक्त हुन सक्छन् ।

१. सबैभन्दा पहिला तपाईले खाने मामलामा ध्यान दिनुपर्ने हुन्छ । तपाई सिक्स प्याक बनाउँदै हुनुहुन्छ भने तपाईले सबैभन्दा पहिला तीन पटक खाने बानी बन्द गर्नुपर्छ । यसको साटो पाँच, छ पटक खाने बानी बसाल्नुहोस् । एकैपटक धेरै खाँदा मांसपेशिमा दबाब पर्ने गर्दछ ।

२. साँझको नास्तामा अण्डाको सेतो भागबाट बनेको अम्लेट खान सक्नुहुन्छ । यसको साथमा गहुँको ब्रेड पनि लिन सक्नुहुन्छ ।

३. आफ्नो डाइटमा प्रोटिन र फाइबरको मात्रा पनि समाहित गर्नुहोस् । यसको लागि हरियो सागपात खानुहोस् । साथमा धेरै कार्बाेहाइड्रट भएको चीजबाट पर नै रहनुहोस् ।

४. रातीको खानामा हलुका चीज खानुपर्छ, किनकि रातमा धेरै खानाले पच्न गाह्रो हुन्छ । यसका साथै केही फल र सलाद पनि लिन सकिन्छ ।