August 21, 2017

यसरी गर्न सकिन्छ आँखाको हेरचाह

काठमाण्डौ, ७ चैत्र । मानिसका हर अङ्गहरु अति नै महत्वपूर्ण हुने गर्दछ । त्यसमध्ये आँखा त झन् महत्वपूर्ण र संवेदनशील छ । तसर्थ आँखाको हेरचाह राम्ररी गर्नुपर्ने हुन्छ । यसका लागि हामीले खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

आँखाको राम्रो हेरचाह गर्न सकियो भने धेरै संक्रमणका साथै अन्धोपनाबाट पनि जोगाउन सकिन्छ । आँखाको हेरचाहका लागि सबैभन्दा पहिले यसबारे सामान्य जानकारी हुनु आवश्यक छ ।

सन्तुलित आहार–
गाँजरमा हुने बेटा क्यारोटिन भन्ने तत्व आँखाको लागि निकै लाभदायक हुन्छ । त्यस्तै भिटामिन सी, भिटामिन ई, जिंक र ओमेगा–३ फ्याटी एसिड भएका खानाले पनि आँखालाई स्वस्थ्य राख्न मद्दत गर्छ ।

लामोसमयसम्म एकै वस्तुमा नहेर्ने–
धेरै समय टिभी हेरेपछि वा कम्प्युटरमा धेरैबेरको कामपछि जोडसँग केहीबेर आँखा चिम्लने र खोल्ने । यस्तै शारीरक व्यायामले पनि आँखा स्वस्थ राख्न मद्दत गर्छ ।

नियमित आँखा परीक्षण–
समय समयमा आँखाको परीक्षण गराइरहने । अझ मधुमेह वा उच्च रक्तचाप भएका बिरामीले हरेक छ महिनामा एकपटक आँखा परीक्षण गराउनैपर्छ ।

चस्माको प्रयोग–
हिजोआज चस्माको प्रयोग फेसन भएको छ । तर, बिना चिकित्सकको सल्लाह चस्माको प्रयोग गर्नु हुँदैन। यसका लागि चस्माको प्रयोगपूर्व पनि आँखाका बारेमा सम्बन्धित चिकित्सककै सल्लाह लिनु उत्तम हुन्छ ।
आँखामा समस्याको संकेत–
– आँखा रातो हुनु र चिलाउनु,
– दृश्य धमिलो देखिन थाल्नु,
– एउटै दृश्य दुइटा देखिनु,
– रातमा पढ्न वा हेर्नमा समस्या हुनु,
– आँखाबाट धेरै आँसु बग्न थाल्नु, चिप्रा बस्नु,
– घाममा वा उज्यालोमा आँखा धमिलो देखिनुका साथै चिलाउनु अादि ।