August 17, 2017

यसरी गरिन्छ अमेरिकामा राष्ट्रपतिको सुरक्षा

काठमाण्डौ, २८ चैत्र । अमेरिकाको इतिहासमा पनि राष्ट्रपतिको हत्याका घटनाहरु छन् । अहिलेसम्म ४ अमेरिकी राष्ट्रपतिको हत्या भएको छ ।

हत्या हुनेहरुमा जे एफ केनेडी, अब्राहम लिंकन, जेम्स ए गेरफिल्ड र विलियम मेककिनली छन् । यो गल्तीबाट अमेरिकाले चाँडै नै पाठ सिक्यो । किनकि देशमा राष्ट्रपतिको हत्या हुनु भनेको राष्ट्रको सुरक्षा अवस्था खलबलिनु हो ।

तर आजको दिनमा अमेरिका यस्तो देश भएको छ, जहाँ आँखा उठाएर हेर्ने हिम्मत पनि गर्दैनन् भने हमला गर्ने कुरा त परै जाओस् । सुरक्षाको तयारी देखि लिएर सैन्य उपस्थितिले पनि राष्ट्रपतिको सुरक्षाको अवस्थालाई देखाउँछ । अहिले अमेरिकाले विश्वलाई धम्कीको भाषामा सम्बोधन गर्नुले पनि त्यहाँको सुरक्षा अवस्थाबारे थाहा हुन्छ ।